निर्माणाधीन पुलबाट त्रिशूलीमा खसे मजदुर, एकको मृत्यु, एक बेपत्ता
आइतबार, बैशाख १२, २०७८ मा प्रकाशित

चितवन, वैशाख १२ । तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुलबाट खस्दा एक जना मजदुरको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता भएका छन् ।

आइतबार विहान निर्माणाधीन पुलबाट १० जना मजदुर त्रिशूली नदीमा खसेका थिए । तीमध्ये एकजना भारतीय नागरिक विजय यादवको मृत्यु भएको चितवन प्रहरी प्रमुख ओमप्रकाश अधिकारीले जानकारी दिए । बेपत्ता व्यक्तिको खोजी भइरहेको उनले बताए ।

घटनास्थलबाट आठ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

त्रिशूली नदीमाथि निर्माणाधीन पुल गत चैत अन्तिम साता भत्किएको थियो । सोही पुल निर्माणमा खटिएका मजदुरहरु नदीमा खसेका हुन् । त्यहाँ १४ जना मजदुर कार्यरत थिए ।अनलाईनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर