दुई पालिकामा अस्थायी अस्पतालबाट सेवा सुरु
मङ्गलबार, बैशाख १४, २०७८ मा प्रकाशित

 

बर्दिया, बैशाख १४

मधुवन नगरपालिका र बारबर्दिया नगरपालिकाले कोभिड अस्थायी अस्पतालबाट सेवा दिन सुरु गरेका छन् । मधुवन नगरपालिकाले वडा नम्बर ६ मा रहेको शहिद सानोश्री स्वास्थ्य चौकिलाई कोभिड अस्थायी अस्पतालको रुपमा प्रयोग गरेर सेवा दिन सुरु गरेको छ । बारबर्दिया नगरपालिकाले आरसि थारु स्मृति आधारभूत अस्पताललाई कोभिड अस्थायी अस्पतालको रुपमा प्रयोग गरेर सेवा दिन सुरु गरेको छ ।

जिल्लामा ८ स्थानीय तहमा दुई नगरपालिकाले कोरोना संक्रमित नगरबासीको स्वास्थ्य उपचारको लागी अक्सिजन तथा डाक्टर सहितको कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएका हुन् । मधुवनको कोभिड अस्थायी अस्पतालमा १५ शैया रहेको छ भने १ जना डाक्टर सहित ५ जना जनशक्ति परिचालित छन् ।

बारबर्दियाको कोभिड अस्थायी अस्पतालमा २५ शैया रहेको छ भने २ जना डाक्टर सहित १३ जना जनशक्ति परिचालित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर