नेपालगन्ज र बैजनाथका दुई कोरोना संक्रमितको मृत्यु
मङ्गलबार, बैशाख १४, २०७८ मा प्रकाशित

बैशाख १४,(फरक समाचार)/ नेपालगन्जः बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप दुईजना मृत्यु भएको छ । भेरी अस्प्ताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा एकएक जना संक्रमितको मृत्यु भएको हो ।

भेरी अस्पतालमा बैजनाथ गाउँपालिका-१ चिसापानीका ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी १२ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा आज पौने तीन बजे मृत्यु भएको हो ।

यस्तै नेपालगन्ज मेडिकल कलेजमा नेपालगन्ज उपमहानगरपालिका-६ फुलटेक्राकी ७२ वर्षीया महिलाको मृत्यु भएको छ । उनको आज विहान ११ः २५ बजे मृत्यु भएको हो । योसँगै आजमात्रै बाँकेका चारजना मृत्यु भएको छ भने जिल्लामा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ पुगेको छ ।स्वास्थ्य पेज

प्रतिक्रिया

सम्बन्धित खवर