संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण
बुधबार, बैशाख १५, २०७८ मा प्रकाशित

बर्दिया, बैशाख १५(फरकसमाचार)

संचारकर्मीहरुलाई पत्रकार महासंघ बर्दियाले मंगलबार स्वास्थ्य सामाग्री वितरण गरेको छ । पदमा मेडिसिन डिस्टीब्युटर बाँकेले बर्दियाका संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । कोभिड महामारीमा संचारकर्मीहरु जोखिममा रहेर समाचार सम्पे्रषण गरिरहेको हुनाले स्वास्थ्य सामाग्री उपलब्ध गराएको जनाएको छ । प्रत्येक संचारकर्मीलाई पाँच थान मास्क र २ सय ५० एमएलको एक थान सेनिटाइजर हस्तान्तरण गरेको छ । स्वास्थ्य सामाग्री पदमा मेडिसिन डिस्टीब्युटरका उपाध्यक्ष पवन कुमार बनियाले उपलब्ध गराएका हुन् । प्राप्त स्वास्थ्य सामाग्री नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले संचारकर्मीहरुलाई वितरण गरेका छन् । महासंघका अध्यक्ष आचार्यले महामारीका बेला संचारकर्मीलाई माया गरेर उपलब्ध गराएको सामाग्री संक्रमणबाट जोगीन मदत पुग्ने बताए साथै पदमा मेडिसिन डिस्टीब्युटरलाई धन्यवाद दिएका थिए । त्यसैगरी उनले संक्रमण बढ्दै गएकोले सवाधानी अपनाएर रिपोटि गर्न संचारकर्मीहरुलाई आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर