नेपालगन्जको भेरी अस्पतालमा आइतबार दिउँसो आधा घण्टाको फरकमा दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकी २३ वर्षीया महिला र सल्यानका ५२ वर्षीय पुरुष रहेका छन् ।
जानकी गाउँपालिका वडा नम्बर ४ बाँकेकी २३ वर्षीया महिलाको आइतबार बिहान ११ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको हो । भेरी अस्पतालमा यही वैशाख ७ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनी भोलीपल्ट अस्पताल भर्ना भएकी थिईन् ।
यस्तै बागचौर नगरपालिका वडा नम्बर १२ सल्यानका ५२ वर्षीय पुरुषको भेरी अस्पतालमै मृत्यु भएको छ । स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनको आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो । यही वैशाख १३ गते भेरी अस्पतालमा पिसिआर परिक्षण गराउँदा कोरोना पोजेटिभ भएपछि उनी भोलीपल्ट अस्पतालमा भर्ना भएका थिए ।
यो सँगै कोरोना संक्रमणबाट बाँकेको मृतक संख्या १ सय २६ पुगेको छ । यस्तै बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा १ सय २० जनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।साभार नागरिक दैनिक