बुधबार, बैशाख २२, २०७८
मा प्रकाशित
0
Shares
पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५८ जनाको मृत्यु भएको छ ।
२० हजार ७ सय ५६ जनाको पीसीआर परीक्षणमा ८ हजार ६ सय ५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० रहेको छ ।
अहिले नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ रहेको स्वास्थ्थ्य मन्त्रालयको तथ्यांक रहेको छ ।कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३ हजार ४ सय ७५ जनाको मृत्यु भएको छ।साभार नागरिक दैनिक