यस अनलाईनका विज्ञ" />

आज – २९ बैशाख २०७८ बुधवार को राशिफल
बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित

यस अनलाईनका विज्ञापन दाता,पाठक, शुभचिन्तकलाई सुपादेउराली माताले कल्याण गरुन

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मनपर्ने खानेकुरा पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । साँझमा खर्च बढ्ने र आफूलाई कमजोर भएको महसूस हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अतिथिको रूपमा सत्कार पाइएला । कृषि क्षेत्रबाट सफलता मिल्नेछ । सुखद् मिलनको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज घरपरिवारसँग समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन खिन्न हुने स्थिति आउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मालसामान हराउन सक्छ, होसियार रहनु पर्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ, तर नयाँ र शुभ कार्यको योजना बन्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने र आश्वासन बाढ्नेहरू धेरै भेटिनेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । उपहार पाइने सम्भावना देखिन्छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर