यस अनलाईनका विज्ञापन द" />

आज – १७ जेठ २०७८ सोमवार को राशिफल
सोमबार, जेठ १७, २०७८ मा प्रकाशित

 

यस अनलाईनका विज्ञापन दाता, पाठक, शुभचिन्तकलाई सुपादेउराली माताले कल्याण गरुन

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना र रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कामको धपेडी भएपनि सफलता मिल्नेछ । प्रणयसम्बन्ध र पारिवारिक सम्बन्ध राम्रो हुनेछ । कुनै कुराले मन प्रसन्न रहनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्मकर्ममा तथा समाज सेवामा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गरेको कार्यमा वाधा आइपर्ला । व्यक्तिगत खुसीका लागि पनि केही खर्च हुनसक्छ । स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनु होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मिलनसार साथीले नै विश्वासघात गर्न सक्छन् ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर