बर्दिया, जेठ १८(फरकसमाचार)
पुर्व प्रहरी तथा अमर, अशक्त प्रहरीहरुको परिवारलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
नेपाल प्रहरीको वार्षिक कार्ययोजना कल्याणकारी योजनाहरुको क्षेत्र र पहुँच वृद्धि कार्यक्रम अन्तर्गत बढैयाताल गाउँपालिका अन्तरगत बसोबास गर्दै आईरहेका अवकाश प्राप्त पुर्व प्रहरी, अमर र अशक्त प्रहरीहरुलाई प्रहरी उपरीक्षक ईश्वर कार्कीले स्वास्थ्य सामाग्री वितरण गरेका छन् । पुर्व प्रहरीहरुको ९० घर परिवारलाई सामाग्री वितरण गरेका हुुन् ।
महमारीको विषम परिस्थितीमा पुर्व प्रहरीहरुको घर परिवारलाई जोगाउने उदेश्यले सामाग्री वितरण गरिएको छ । स्वास्थ्य सामाग्री वितरण गर्दै विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट बच्न, रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न सचेतनामुलक आवश्यक निर्देशन दिएका थिए । स्वास्थ्य सामाग्रीमा सर्जिकल मास्क र साबुन वितरण गरेका छन् ।
अघिल्लो साता राजापुर नगरपालिका अन्तरगतका पुर्व प्रहरीहरुका ३० घरपरिवारलाई उपरीक्षक कार्कीले स्वास्थ्य सामाग्री वितरण गरेका थिए ।