यस अनलाईनका विज्ञ" />

आज – १८ जेठ २०७८ मंगलवार को राशिफल
बुधबार, जेठ १९, २०७८ मा प्रकाशित

यस अनलाईनका विज्ञापन दाता, पाठक, सुभचिन्तकलाई सुपादेउराली माताले कल्याण गरुन

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । गरेका कामबाट राम्रै लाभ होला । बौद्धिकताको विकास पनि हुनेछ । प्राविधिक कार्य राम्रो हुन्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । लाभदायक योजना बन्ला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । छोटो दूरीको लाभदायक यात्रा रहनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको पनि उचित मूल्याङ्कन हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सेवामूलक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । स्वादिष्ट र मिष्ठान्न भोजनको अवसर पनि प्राप्त हुनसक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मित्रबाट विशेष सहयोग मिल्नेछ । घरायसी कामबाट सफलता मिल्नेछ । अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्र र व्यवसाय कमजोर नै रहला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ काममा हात हाल्ने र योजना बन्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा अधिक धनार्जन हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । स्वास्थ्य र सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर