बर्दिया, जेठ १९
ठाकुरबाबा नगरपालिका–९ बेतहनीका तिलक विक डिस्चार्ज भएर घर फिरेका छन् । वैशाख ३० गते स्वास्थ्य समस्या देखिएपछि कोरोना आंशका गरेका उनले दैनिक फेर बदल गर्न सकेनन् । फिल्डमा काम गर्ने क्रममा उनी पानीमा रुझे । ज्वरोलाई सामान्य हो भन्दै उनी फिल्डमा खटिए । ज्वरो बल्झदै जाँदा स्थानीय मेडिकलमा उपचार गराए । अन्तत उनलाई कोरोना पोजिटिभि पुष्टि भयो । स्वास्थ्यमा निकै समस्या देखिएपछि परीक्षण गराएको उनले बताए । परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनी तुरुन्त ठाकुरबाबा नगर पालिकाले तयार पारेको अस्थायी कोभिड अस्पताल रानीपुर भर्ना भए ।
कोभिड अस्पतालमा समस्या देखिएको धेरै दिनपछि मात्रै पुगेकाले तिलकको अवस्था एकदमै गम्भीर भइसकेको थियो । उनलाई प्रारम्भिक जाँचमा स्वास्थ्य अवस्था जटिल देखियो ।
कोभिड अस्पतालका सिनियर अहेब दीपबहादुर बस्नेतले उनको उपचारमा संलग्न थिए । डा बस्नेतले तत्काल उपचार गर्न थाले । कोभिड अस्पतालका डाक्टरहरूले पूरै ध्यान दिएर तिलकको उपचार गरेका उनीहरुले अनुभव साटे । ’मैले अस्पताल पुग्न निकै ढिलो गरिसकेको थिए । अझै केही ढिलो गरेको भए सायद अहिले म यो सन्सारमा हुन्थिनँ होला,’विकले भने ।
त्यतिबेला विकका बुबालाई पनि कोरोना पाजेटिभ थियो । बुवालाई भने यहाँ सम्भव नभएपछि नेपालगञ्ज रिफर गरियो ।
नेपालगञ्जमा बिरामीको भीड निकै थियो । त्यहाँ उपचारमा संलग्न डाक्टरले तिलकका बुवालाई फेरि भुरिगाउँ फकाईदिए । उनको पनि पालिकाको अस्थायी कोभिड अस्पतालमा उपचार गरियो । अहिले बाबुछोरा दुबै उपचार पछि निको भएर घर फर्केका छन् ।
विकका बाबुछोरा मात्रै होइन । उनीहरूजस्ता धेरैको ज्यान पालिकाको कोभिड संक्रमणलाई परास्त गरेका छन् ।
अर्का कोरोना संक्रमणबाट बिजय हुने मध्य पर्छन मधुवन नगरपालिकाका ७० वर्षीय इन्द्रमोहन सिक्देल । उनले पनि स्थानीय तहले संचालन गरेको कोभिड अस्पतालबाटै कोरोनालाई परास्त गर्न सफल भए । उनलाई जेठ २९ गतेतिर स्वास्थ्यमा समस्या देखिएको थियो । साता पछि अस्पताल पुगेका उनको चिकित्सकको निगरानीमा उपचार भएको थियो ।
कोभिड अस्पतालका डाक्टरले मन लगाएर आफ्नो उपचार गरेर ज्यान बचाइदिएका उनले सु्नाए ।
’डाक्टरहरूले आत्मबल बढाउन प्रोत्साहन दिए,’उनले भने, डाक्टरकै कारणले आज ज्यान बचाउन सफल भए, लाग्छ मैले नयाँ जन्म पाएँ ।
अस्पतालले ७४ जनालाई उपचार गरी निको बनाएर घर पठाइसकेको छ । १२ जनालाई नेपालगञ्ज रिफर गरिएको र १ जनाको कोभिड अस्पतालमा उपचारका क्रममा ज्यान गएको कोभिड अस्पतालका डाक्टरले बताएका छन् यी त केही उदाहरण मात्रै हुन । बर्दियाका ८ वटै पालिकाले निर्माण गरेका कोभिड अस्पतालबाट धेरै स्थानीयले संक्रमण जित्न सफल भएका छन् ।
अहिले बर्दियाका ८ वटै पालिकामा १० देखि ३० बेड सम्मका अक्सिजन सहितका कोभिड आइसोलेसनहरू छन् । जहाँ पालिकाहरूले आफ्ना पालिकाका बिरामीहरूको उपचार गर्दै आएका छन् ।
पालिकाका कोभिड अस्पतालमा बिरामी र तिनका कुरुवाहरूलाई पालिकाले खाना खुवाउने व्यवस्था पनि गर्दै आएका छन् । त्यसमा धेरै युवा पनि संलग्न छन् । ठाकुरबाबा नगरपालिकाका समाजसेवी युवा कुमार खड्कालगायत युवाको टोली बिरामीको सेवा गरिरहेको छ भने मधुवनमा विकास प्रेमी युवा समूहको टोलीले पालिकासँग सहकार्य गरेर बिरामीहरूलाई खाना खुवाउँदै आएको छ । टाइगरखबरबाट