ल्याङल्याङ अति भयाे!, माधव नेपाल समूहसँग एकता असम्भव – प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापा
बुधबार, जेठ २६, २०७८ मा प्रकाशित

 

नेकपा एमालेका नेता तथा प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले माधव नेपाल समूहसँग एकताको असम्भव कोशिस नगर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

 

 

नेपालको मंगलवारको वक्तव्यले एकताको सम्भावना सकिएको भन्दै थापाले अब जेठ २ को रटानको अध्याय सकिएको बताएका छन् ।थापाले आफ्नो सुझाव पेश गर्दै माधव नेपालका शर्त स्वीकार गरेर एकता नहुने भन्दै यी शर्तमा नेपालसँग होइन देउवाको कांग्रेससँग बरु एकता हुन सक्ने टिप्पणी गरेका छन् ।

 

 

थापाले भनेका छन्, ‘यी शर्तमा नेपाल गुटसँग होइन,देउवाको काँग्रेससँग बरू एकता होला। तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असम्भव कोशिस छोडौं।’

 

 

प्रतिक्रिया

सम्बन्धित खवर