बर्दिया,भदौ ३१ (फरकसमाचार)
गत आबमा जिल्ला प्रहरी कार्यालयमा १ सय ३३ उजुरी दर्ता भए । पछिल्लो आबमा भन्दा २९ उजुरी बढेको रर्कडले पुष्टि गर्छ । अघिल्लो आवमा भन्दा ५३ उजुरी महिला सम्बन्धि हिंसामा उजुरी बढेको हो ।
महिलाको उजुरी बढिरहेको तीन वर्ष भित्रमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको रेकर्ड उल्लेख छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम, सचेतना र घर दैलो अभियानले महिला हिंसाको घटनाको उजुरी दर्ता गर्न अभिपे्ररित गरेको एसपी ईश्वर कार्कीले दाबी गर्छन् ।
‘परम्परागत तरिकाले प्रहरी चलिरहेको छैन,’एसपी कार्की भन्छन् ‘यस्तो रिजल्टका लागि प्रहरीको मेहनत र प्रयास अथक रहेको छ ।’ महिलाको संरक्षण र हितका लागि छुटै महिला सेल सक्रिय रहेको छ । छुटै भवन र महिला सेलमा परिचालित प्रहरी कर्मचारीले प्रहरी कार्यालय महिला आउँने बातावरण सिर्जना गरेको उनी तर्क गर्छन् ।
महिला सेलमा कार्यरत प्रहरी सहायक निरीक्षक सरस्वती पौडेल अब्बल अफिसर रहेको समेत एसपी कार्की प्रशंशा गरे । महिलाको हक हित र संरक्षणका लागि उनको योगदान रहेको समेत खुलाए ।
प्रहरीले सामान्य केशमा छलफल र समन्वय मार्फत समस्याको हल गर्दै आएको समेत उनले सुनाए । ‘हाम्रो प्रहरी मुस्कान सहितको सेवा दिन तत्पर छ’उनले भने,‘ जघन्य अपराधमा हामी कहाँ आएको छैन, यो हाम्रो लागि सुखद कुरा हो ।’ मिलापत्र नाममा रकमको चलखेल गर्ने लगायत कामले अपराधी प्रोत्साहित हुने वातावरणको अन्त्य भएको एसपी कार्कीले दाबी गरे ।
राष्ट्रिय महिला आयोगकी सदस्य तथा माननीय विद्या कुमारी सिन्हाको उपस्थितीमा जिल्ला प्रहरी कार्यालयमा महिला हिंसाको घटना बिषयमा भएको छलफलमा एसपी कार्कीले प्रहरीले अवलम्बन गरेका समुदाय प्रहरी साझेदारी कार्यक्रम, सचेतना, घरदैलो लगायतका कार्यक्रम प्रतिफल स्वरुप महिलाको उजुरी बढेको डाटा बेशको आधारमा बोलेका थिए ।
आयोगको सदस्य तथा माननीय सिन्हाको नेतृत्वमा महिला हिंसाको घटनाका स्वरुपको बारेमा पश्चिम नेपाल भ्रमणमा निस्केको टोली अन्तरसंबादमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका उजुरीको बारेमा एसपी कार्कीले जानकारी गराएका थिए ।
माननीय सिन्हाको नेतृत्वमा भ्रमणमा निस्केको टोलीले महिला सेल, सेफ हाउँसको स्थलगत अनुगमन समेत गरेका थिए । जिल्ला प्रहरी कार्यालयमा महिलाको उजुरी दर्ता बढेको प्रसंगमा महिला बिषयमा प्रहरी गम्भिर भएको पुष्टि भएको धारणा व्यक्त गरिन् ।
अगामी दिनमा समेत प्रहरी गरेको सह्रानिय कामले निरन्तरता पाउँने माननिय सिन्हाले बिश्वास व्यक्त गरिन् । माननीय सिन्हाको नेतृत्वमा भ्रमणमा निस्केको टोलीले पाँच वटा विद्यालयका छात्राहरुसंग महिला हिंसा सम्बन्धि जिल्ला समन्वय समितिको कार्यालयमा छलफल गरेको थियो ।