एसपीको नाम लिएर ठगी गरेको आरोपमा एक पक्राउ
बुधबार, माघ २६, २०७८ मा प्रकाशित

दाङ, माघ २६ / जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको नाम लिएर ठगी गरेको आरोपमा एक पक्राउ परेका छन्।

प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. २ का २५ वर्षीय कमल घर्ती मगर दाङका प्रहरी प्रमुख एसपी काफ्लेको नाम लिएर सर्वसाधारणबाट अनुचित लाभ लिएको गुनासो आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

‘मगरले मेरो एसपीसँग राम्रो चिनजान छ र मैले भनेपछि जस्तोसुकै काम भए पनि मिल्छ भन्ने भ्रम तथा प्रलोभनमा पारेर सर्वसाधारण मानिसहरूसँग अनुचित लाभ उठाउन खोजेको गुनासोको आधारमा पक्राउ गरिएको हो,’ एसपी काफ्लेले भने, ‘पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान हुन बाँकी छ।’

मगरलाई प्रहरीले माग २० गते दाङको घोराहीबाट सर्वसाधारणको गुनासोको आधारमा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

उनीविरूद्ध बाग्लुङ जिल्लाको बुर्तिबाङकी सुकमाया बुढालाई ब्ल्याकमेलिङ गरी दुई लाख रुपैयाँ ठगी गरेको उजुरी पनि रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर