बुधबार, माघ २६, २०७८
मा प्रकाशित
0
Shares
बाजुरा, माघ २६ / ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जगन्नाथ गाउँपालिका-२ को एक निजी स्कुलमा पढाउने कञ्चनपुरका भीम ठगुन्ना पक्राउ परेका हुन्। बालिकाको परिवारसहित बस्दै आएको होटलमा खाजा खान पुगेका उनले माघ २० गते राति जबरजस्ती करणी गरेको भन्दै आफन्तले २३ गते प्रहरीकहाँ जाहेरी दिएका थिए।
आफन्तको जोहरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक धनदेव साउदले बताए। उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।सेतोपाटीबाट साभार