बुधबार, माघ २६, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, माघ २६ (फरकसमाचार) / जिल्लामा थप ५८ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । ३१ महिला र २७ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ९ हजार ४ सय २ पुगेको छ । संक्रमण मुक्त हुनेको संख्या ८ हजार ९ सय ६ पुगेको छ ।
२ सय ५० जनामा भाइरस सक्रिय रहेको छ । सबै सक्रिय संक्रमित होम आईसोलेसनमा छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ४६ पुगेको छ ।
कोभिड–१९ बिरुद्ध जिल्लामा ३ लाख ४० हजार ३ सय ५८ जनालाई पहिलो, २ लाख ८३ हजार ३ सय १६ जनालाई दोस्रो र १० हजार ५ सय ४३ जनालाई तेस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।