नेपाल रेडक्रस सोसाईटी बारबर्दिया उपशाखाको सभापतिमा चौधरी निर्वाचित
बिहिबार, माघ २७, २०७८ मा प्रकाशित

बर्दिया, माघ २७(फरकसमाचार)

नेपाल रेडक्रस सोसाईटी बारबर्दिया उपशाखाको सभापति पदमा श्रीराम चौधरी निर्वाचित भएका छन् । चौधरीलगायत उपशाखामा ११ जनाको कार्य समिति निर्वाचित भएका हुन् ।

चौधरीले आफ्नो निकटतम प्रतिद्धन्दी झविलाल काफ्लेलाई २० मतको अन्तरले पराजित गरि बिजयी भएका छन् चौधरीले जम्मा २ सय २९ मत प्राप्त गरेका थिए भने झविलाल काफ्लेले २ सय ९ मत प्राप्त गरेका थिए । नेपाल रेडक्रस सोसाईटि बारबर्दिया उपशाखाको मंगलबार भएको निर्वाचनमा ४ सय ५५ मत खसेको थियो । जसमा ३ मत खामबन्दिमा परेको थियो । जम्मा मत मध्ये ४ सय ५२ मत रहेकोमा ९ मत बदर भएको छ ।

उपसभापति पदमा इन्द्र देवी कुँवरले २ सय २२ मत प्राप्त गरी बिजयी भएकी छिन् । उनको निकटम प्रतिद्धन्दी हुमादेवी भण्डारीको २ सय एक मत रहेको छ । सचिव पदमा बासुदेव चौधरी २ सय २५ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी कमल राज बिश्वकर्माले १ सय ९५ मत प्राप्त गरेका छन् । कोषाध्यक्ष पदमा निर्मल कुमार आचार्यले २ सय १५ मत प्राप्त गरि बिजयी भएको छन् । उनका निकटतम प्रतिद्धन्दी मोहनलाल थारुले २ सय १२ मत प्राप्त गरेका छन् ।

उपसचिव पदमा सुभाष परियारले २ सय ३३ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी कृष्ण कुमार अधिकारीले १ सय ८८ मत प्राप्त गरेका छन् । उपकोषाध्यक्ष पदमा महेश चौधरी २ सय २२ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी अनारकली चौधरीले १ सय ९८ मत प्राप्त गरेकी छिन ।

महिला सदस्य पदमा भिमादेवी चौधरी २ सय २१ मत प्राप्त गरी बिजयी भएकी छिन् । उनेको निकतम प्रतिद्धन्दी अमृता सापकोटाले २ सय २ मत आएको छ । त्यस्तै सदस्य पदमा २ सय २५ मत ल्याई रिम बहादुर खड्का, २ सय १२ मत प्राप्त गरी कृष्ण प्रसाद पोखरेल, २ सय ११ मत प्राप्त गरी यज्ञराज भट्ट, २ सय ९ मत प्राप्त गरी नगेन्द्र बहादुर खड्का बिजयी भएको छन् ।

मंगलबार भएको निर्वाचनमा सबैभन्दा बढी मत श्रीराम चौधरी प्यानलका सुभाष परियारले बढि मत ल्याएर बिजयी भएका छन् । चौधरी प्यानले ११ वटा पद मध्य ९ वटा पदमा जित हासिल गरेको छ । जसमा कोषाध्यक्ष र एउटा सदस्य पदमा झविलाल काफ्लेको प्यानल ब्यक्ति बिजयी भएका छन् ।

निर्वाचन मंगलबार बिहान १० बजेबाट सुरु भएर दिउसोको २ बजे संम्म चलेको थियो । मत परिणाम राति ११ बजेर ३० मिनेटमा घोषणा भएको थियो । नेपाल रेडक्रस सोसाइटि बारबर्दिया उपशाखाको मंगलबार भएको निर्वाचनमा नरेन्द्रकुमार शर्मा निर्वाचन अधिकारी रहेको थिए भने मतदान अधिकृत हरि केसीको नेतृत्वमा निर्वाचन सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर