प्रधानन्यायाधीश जबरा सर्वोच्चमा, महाअभियोगको पत्र बुझेर घर फर्किने
आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित

काठमाडौं, फागुन १ । संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी गराउँदै छ ।

संघीय संसद सचिवालय स्रोतका अनुसार प्रधानन्यायाधीश जबरालाई महाअभियोग दर्ता भएको जानकारी दिन पत्राचार गर्ने प्रक्रिया चलिरहेको छ ।

प्रधानन्यायाधीश जबरा अहिले सर्वोच्च अदालतमा छन् । उनी संघीय संसद सचिवालयको पत्र प्राप्त भएपछि घर फर्किने स्रोतले बतायो । सत्ता गठबन्धनका ९८ सांसदहरुले आज जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।

महाअभियोग प्रस्ताव दर्तासँगै जबरा प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बनमा परेका छन् । जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका थिए ।

उनी निलम्बनमा परेपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्नेछन् । अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर