बर्दियामा २ सय ८ जनामा भाइरस सक्रिय
आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित

बर्दिया, फागुन १ (फरकसमाचार) / जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २ सय ८ पुगेको छ । सक्रिय संक्रमित सबै होम आईसोलेसनमा रहेका छन् ।

आइतबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ९ हजार ४ सय ६६ पुगेको छ ।

संक्रमण मुक्त हुनेको संख्या ९ हजार १२ पुगेको छ । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ४६ पुगेको छ । कोभिड–१९ बिरुद्ध जिल्लामा ३ लाख ४१ हजार ५७ जनालाई पहिलो, २ लाख ८५ हजार ९ सय ९३ जनालाई दोस्रो र १० हजार ९ सय ६ जनालाई तेस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर