बर्दिया, फागुन २ (फरकसमाचार) / जेसीबीमा मोटरसाइकल ठोकिदाँ एकको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–९ का २३ वर्षिय धन बहादुर चौधरीको आइतबार साँझ मृत्यु भएको हो ।
बारबर्दिया नगरपालिका–८ रम्बापुरस्थित राजमार्गमा रोकी राखेको अनटेष्ट लेखिएको जेसिबीमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको कर्णाली प्रदेश २ –००१ प २४६१ नम्बरको मोटरसाइकल ठोकिदाँ मोटरसाइकलमा सवार चौधरीको मृत्यु भएको छ । मोटरसाइकलमा रहेका दुवै जना गम्भिर घाईते भएका थिए ।
मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक मंगल शाही सोही मेडिकल कलेजमा उपचार भईरहेको छ ।
बारबर्दिया नगरपालिका–८ का जेसिबी चालक बसन्त भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।