मङ्गलबार, फागुन ०३, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, फागुन ३ (फरकसमाचार) / जिल्लामा थप १२ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । ७ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ९ हजार ४ सय ८६ पुगेको छ ।
संक्रमण मुक्त हुनेको संख्या ९ हजार १ सय १४ पुगेको छ । १ सय २६ जनामा भाइरस सक्रिय रहेको छ । सबै सक्रिय संक्रमित होम आईसोलेसनमा छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ४६ पुगेको छ ।
कोभिड–१९ बिरुद्ध जिल्लामा ३ लाख ४१ हजार ६ सय ५७ जनालाई पहिलो, २ लाख ८७ हजार १ सय १६ जनालाई दोस्रो र ११ हजार ३ सय ८८ जनालाई तेस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।