अखिल क्रान्तिकारी र वाईसीएलले संयुक्त रुपमा गरे एमसीसीको विरोध
बिहिबार, फागुन ०५, २०७८ मा प्रकाशित

बर्दिया, फागुन ५ (फरकसमाचार) / नेकपा माओवादी केन्द्रका भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) र योङ कम्यूनिष्ट लिग नेपाल(वाईसीएल)ले संयुक्त रुपमा एमसीसीको विरोध गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा क्रान्तिकारी र वाईसीएलले बुधबार विरोध प्रदर्शन गरेका हुन् । एमसीसीको विरोधमा संयुक्त रुपमा गुलरियामा निकालिएको ¥यालीमा हाम्रो राष्ट्र, हाम्रो स्वधिनता, एमसीसी चाहिदैन, देश बेच्न पाईदैन, अमेरिकी समराज्यवाद मुर्दावाद, एमसीसी खारेज गर, सम्पुर्ण देश भक्त नेपाली एक हौं जस्ता नारा लगाए विरोध प्रदर्शन गरेका थिए । बिरोध प्रदर्शनमा निकालिएको ¥याली गुलरिया बजार परिक्रमा गरि बर्दिया जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभामा परिणत भएको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै वाईसीएल नेपालका जिल्ला संयोजक जीवन बहादुर थापाले २ सय ३८ वर्षको तानाशाही शासनलाई अन्त्य गरेर देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको देशमा अमेरिकी समराज्यवाद प्रवेश गर्दैछ बताए । ‘जसरी हामीले तानाशाही शासनको अन्त्य ग¥यौं’ उनले भने,‘त्यसरी सदनमा टेबुल हुन लागेको एमसीसीको अन्त्य गर्नेछांै ।’

सम्बोधन कै क्रममा नेकपा माओवादी केन्द्र गुलरिया नगर समितिका अध्यक्ष गेहेन्द्र ढकालले राष्ट्रिय स्वधिनतामाथि धावा बोल्ने एमसीसी पोर्जेक्टलाई केही दलले नेपालमा प्रवेश गराउन सक्रियतासाथ लागिरहेका बताए । ‘केही दलले एमसीसी ल्याउन विदेशी पक्षसाहु आफ्नो शिर झुकाईरहेका छन्’ अध्यक्ष ढकालले भने,‘उनीहरुले आफ्नो शिर मात्र झुकाएका छैनन्, नेपाल आमालाई बन्धक बनाउन खोजेका छन् ।’ नेपाल आमालाई बन्धक बनाउन खोज्नेलाई हामीले खबरदारी गर्ने सुनाए ।

एमसीसी पोर्जेक्ट राष्ट्रघाती रहेको बताए । एमसीसी पोर्जेक्टका लागि गरिएको सम्झौता खारेज गर्न आग्रहसमेत गरे । ‘एमसीसी प्रोजेक्टभित्र लुकेको तथ्य नेपालमा रहेको प्राकृतिक स्रोतसाधनमा अमेरिकी समराज्यवादले आँखा गाडेको अध्यक्ष ढकालको भनाई छ । अमेरिकी समराज्यले नेपालको मातृभुमिलाई प्रयोग गरी चाइनालाई घेर्न खोजेको धारणा उनले व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर