युवा समूहको गुलरिया नगर कार्यसमितिमा सिद्दिकी चयन
शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित

बर्दिया, फागुन ७ (फरकसमाचार) / विकास प्रेमी युवा समूहको गुलरिया नगर कार्यसमितिको अध्यक्षमा महेमुद सिद्दिकी चयन भएका छन् । युवा समूहले सिद्दिकीसहित १५ जनाको नगर कार्यसमिति आज सर्वसहमत चयन गरेको हो ।

विकास प्रेमी युवा समूहका जिल्ला अध्यक्ष गोपाल निरौलाको अध्यक्ष तथा गुलरिया नगरपालिका वडा नम्बर ७ की वडाअध्यक्ष गिता बस्नेतको उपस्थितीमा कार्यसमिति गठन भएको छ ।

गुलरिया नगरपालिका–७ का महेमुद सिद्दिकी अध्यक्षमा, वडा नम्बर ६ का रमेश कुमार केसी उपाध्यक्षमा, वडा नम्बर ९ का सन्तोष बहादुर शाही सचिवमा, वडा नम्बर ४ का सन्तोष थारु सहसचिवमा, वडा नम्बर १ की बर्नि भण्डारी कोषाध्यक्षमा चयन भएका छन् ।

त्यसैगरी सदस्यमा गया प्रसाद थारु, गणेश विश्वकर्मा, विमल थारु, अब्जल खान, बसन्त थारु, हनुमान लोध, बृजेश राय, लक्ष्मण भण्डारी, प्रमोद चन्द र सम्झना श्रीवास्तव चयन भएका छन् । गुलरिया नगरपालिकाका सम्पुर्ण वडालाई समेटेर कार्यसमिति चयन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर