आइतबार, फागुन ०८, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, फागुन ८ (फरकसमाचार) / जिल्लामा ७५ जनामा कोरोना भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित सबै होम आईसोलेसनमा रहेका छन् ।
आइतबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ९ हजार ५ सय ३४ पुगेको छ ।
संक्रमण मुक्त हुनेको संख्या ९ हजार २ सय १२ पुगेको छ । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ४७ पुगेको छ । कोभिड–१९ बिरुद्ध जिल्लामा ३ लाख ४१ हजार ९ सय ८ जनालाई पहिलो, २ लाख ८७ हजार ९ सय ७१ जनालाई दोस्रो र १२ हजार ४ सय ३४ जनालाई तेस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।