बाँसगढी औद्योगिक पर्यटन महोत्सव सुरु हुदै
आइतबार, फागुन ०८, २०७८ मा प्रकाशित

बर्दिया, फागुन ८ (फरकसमाचार) / बाँसगढी उद्योग वाणिज्य संघको आयोजना वाइ वाइ पाँचौ बाँसगढी औद्योगिक, कृषि पर्यटन, व्यापार मेला सुरु हुदैछ । औद्योगिक मेला यहि फागुन १६ गते देखि सुरु भई २६ गतेसम्म चल्ने छ ।

महोत्सवको तिव्र रुपमा तयारी भईरहेको बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष राम सिंह थारुले बताए ।

बाँसगढी क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा प्रवद्र्धनका लागि मेला आयोजना गरिन लागेको छ । मेलाले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादन गरेका बस्तुको बजार प्रवद्र्धन, कृषि क्षेत्रको प्रवद्र्धन लगायत क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

मेलामा लघु उद्यम प्रदर्शनी, कृषि प्रदर्शनी, गुणस्तरीय दैनिक उपभोग्य सामाग्री, सांस्कृतिक कार्यक्रम र थारु खानाका बिशेष परिकारहरु प्रदर्शनी हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर