सोमबार, फागुन ०९, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, फागुन ९ (फरकसमाचार) / भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको सामान सशस्त्र प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेड क्वाटर बर्दिया र मातहत युनिटबाट खटिएका सशस्त्र प्रहरी टोलीले अबैध सामान नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका अनुसार रु ९७ हजार ७ सय ५० बराबरको सामान बरामद भएको छ । सशस्त्र प्रहरीले बरामद गरेको अबैध सामान छोटी भन्सार कार्यालय गुलरियामा बुझाएको जनाएको छ ।