बर्दियामा थप २० जनामा कोरोना पुष्टि
सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित

बर्दिया, फागुन ९ (फरकसमाचार) / जिल्लामा थप २० जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ ।

८ महिला र १२ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ९ हजार ५ सय ५४ पुगेको छ । संक्रमण मुक्त हुनेको संख्या ९ हजार २ सय २३ पुगेको छ । ८३ जनामा भाइरस सक्रिय रहेको छ । सबै सक्रिय संक्रमित होम आईसोलेसनमा छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ४८ पुगेको छ ।

कोभिड–१९ बिरुद्ध जिल्लामा ३ लाख ४१ हजार ९ सय ८ जनालाई पहिलो, २ लाख ८७ हजार ९ सय ७१ जनालाई दोस्रो र १२ हजार ४ सय ३४ जनालाई तेस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर