बर्दिया, फागुन १२ (फरकसमाचार) / संचारकर्मीहरुलाई बाल संवेदनशीलता सम्बन्धि तीने दिने तालिम सम्पन्न भएको छ । तीन दिने तालिम सोमबार देखि शुरु भई बुधबार सम्पन्न भएको हो ।
जिल्लाका ४० जना सक्रिय संचारकर्मीहरु तालिममा सहभागिता जनाएका थिए । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, बाँके युनेस्को क्लबको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको समन्वयमा तालिम सम्पन्न भएको छ । जिल्लाका चार वटा पालिकामा बाँके युनेस्को क्लबले जुलाई २०२० देखि काम गर्दै आइरहेको छ ।
बाँके युनेस्को क्लवले बाल विवाह न्युनिकरण गर्ने मुख्य उदेश्यले काम गर्दै आईरहेको छ । बाल संवेदनशीललाई मध्यनजर गरेर संचारकर्मीले बाल विवाह न्युनिकरण गर्न कसरी भुमिका खेल्ने तालिममा विस्तृत छलफल गरिएको छ । बाल अधिकार, लैङ्गिक समानता, परम्परागत हानिकारक अभ्यासहरुलाई चिरफार गरी कसरी रिपोटिङ्ग गर्ने विषयमा समेत छलफल गरिएको छ । यस तालिमले समाजमा विभिन्न कारणले भईरहेको बाल विवाह न्युनिकरण गर्न संचारकर्मीले भुमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।
गुलरिया नगरपालिका, बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिका र राजापुर नगरपालिकामा बाँके युनेस्को क्लबले काम गरिरहेको फिल्ड अधिकृत शितल विश्वकर्माले बताए । क्लब द्वारा संचालित कार्यक्रमले बाल विवाह रोक्न स्थानीय तहको नीति निर्माण र कार्यान्वय गर्न सहयोग गर्दै आएको छ ।
तालिममा बाल संवेदनशीललाई मध्यनजर गरेर कसरी रिपोटिङ्ग गर्ने बारेमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्ररिषि चौलागाई र पत्रकार कमल पन्थीले सहजीकरण गरेका थिए । बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले बाल अधिकार, लैङ्गिक समानता, परम्परागत हानिकारक अभ्यासहरुबारे सहजीकरण गरेका थिए ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यको अध्यक्षतामा तालिम समापन भएको थियो । समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष येमनाथ घिमिरे, बाँके युनेस्को क्लबकी उपाध्यक्ष पन्चा गुरुङ्ग, दिर्नेशक रवि कुमार तुलाधार, सल्लाहकार रुद्र सुवेदी लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।