मृगौला पिडितलाई आर्थिक सहयोग
शनिबार, फागुन २१, २०७८ मा प्रकाशित

दीपकलाल श्रेष्ठ
बर्दिया, फागुन २१ / मृर्गौला पिडितलाई आर्थिक सहयोग गरिएको छ । लामो समय देखि बिरामी रहेका बर्दियाको ठाकुरबाबा नगरपालिका– २ बलाती निवासी विष्णु थारु (विसतिया) लाई मृर्गौला उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेसका केन्द्रिय सदस्य द्वय गोपाल दहित तथा संजय कुमार गौतमले थारुलाई शुक्रवार संयुक्त रुपमा सहयोग राशी हस्तान्तरण गरेका छन् ।

बिगत लामो समय देखि बिरामी हुँदा दुवै मृर्गौला खराब भएको छ । थारुलाई उनकी श्रीमतीले मृर्गौला दिने भएकी छन् । तर मृर्गौला प्रत्यारोपण गर्न ठूलो रकम आवश्यक परेकाले नेपाली कांग्रेस पार्टीका स्थानिय ब्यापारी, कर्मचारी, कार्यकर्ताहरु समेत ३७ जनाबाट संकलन भएको १ लाख १६ हजार १ सय ६४ रुपैया सहयोग राशी मृर्गौला पिडित थारुलाई प्रदान गरिएको नेपाली काँग्रेस ठाकुरबाबा नगर सभापति पदम खड्काले जानकारी दिए ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु दहित र गौतमले बिष्णु थारुको उपचारका लागि सरकार समक्ष कुरा राख्ने र उपचारको लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । मृर्गौला पिडित थारु २०७० सालको निर्वाचनमा तत्कालीन बर्दिया क्षेत्र नं ३ बाट नेकपा एमालेको संविधान सभा सदस्यका प्रत्यासी उम्मेदवार रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर