बर्दिया, फागुन २८ (फरकसमाचार) / राष्ट्रसेवक कर्मचारीलाई कुट्ने एमालेका नेता दुई साता देखि फरार रहेका छन् । बाँसगढी नगरपालिका–३ मा कार्यरत सचिव यज्ञ पौडेललाई एमालेका नेता नैन बहादुर खत्रीले कुटपिट गरि फरार भएका हुन् । खत्री बाँसगढी नगरपालिका एमाले पार्टी नगर इन्चार्ज समेत रहेका छन् ।
जन्म दर्ताको बिषयलाई लिएर एमालेका नेता खत्रीले बाँसगढी नगरपालिकाका तत्कालिन सचिव पौडेललाई बेहोस् हुने गरी कुटपिट गरेका थिए । कुटपिट गरि लामो समय देखि नेता फरार रहेका छन् । राजनितिक आडलिएर नेता सम्पर्क बिहिन भएका छन् । विषेश सुचनाको आधारमा कुटपिट गरि नेता खत्री काठमाडौं लुकेका छन् । राजनितिक दबाबका कारण लामो समय देखि प्रहरीले नेतालाई पक्राउ गर्न नसकेको स्थानीयले आशंका गरेका छन् ।
फागुन १२ गते कुटपिट भएको र १४ गते नै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको यज्ञ पौडेलले बताए । ‘ पहिला नै बनाएको जन्मदर्ता भएकाले आमाको नाम नै परिवर्तन गर्न पर्ने थियो’ पौडेलले भने,‘बालिकाको नाम पनि परिवर्तन गर्न पर्ने देखिएकोले नगरपालिकाबाट निर्णय सदर भएर आएपछि मात्र हुने भन्दा म माथी कुटपिट भयो।’ यसरी आग्रह गर्दा नेता खत्री आक्रोसित भई गाली र अश्लील शब्द प्रयोग गर्दै कुटपिट गरेको पिडित पौडेलको आरोप छ ।
उपचार पछि आफु फागुन १५ गते देखि काममा फर्किसकेको उनले बताए । राष्ट्रसेवक कर्मचारी अहोरात्र खटिदा राजनितिक कर्ताहरुबाट कुटपिट हुँदा कर्मचारीको हत्तोसहित हुने कार्य भएको छ । अश्लील गाली र निर्घात कुटपिट गरी फरार रहेका नेतालाई प्रहरीले छिटो भन्दा छिटो कानुनी कारवाहीको दायरामा ल्याउनु पर्ने पिडित पौडेलको माग छ । हाल पिडित पौडेल बाँसगढी नगरपालिकाको लेखा परीक्षक अधिकृतको जिम्मेवारीमा रहि काम गरिरहेको जानकारी दिए ।
बर्दिया बासगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारी एमाले पाटीका हुन् । कर्मचारी कुटेर फरार रहेका नेता खत्री बाँसगढी नगरपालिकाका नगर प्रमुख अधिकारीको निकट मानिन्छन् । नगर प्रमुख अधिकारीका निकट मानिएका नेता खत्रीलाई बचाउँन नगर प्रमुखको हात रहेकोले प्रहरीले खत्रीलाई पक्राउ गर्न नसकेको स्थानीयले आशंका गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीका अनुसार कुटपिट गरी फरार रहेका खत्रीको खोजी कार्य भईरहेको छ । मुद्दा दर्ता भई अनुसन्धानको क्रममा रहेको छ । फरार खत्रीको खोजी कार्यको लागि प्रहरी परिचालन भईरहेको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए ।