आइतबार, फागुन २९, २०७८
मा प्रकाशित
1867
Shares
काठमाडौं, फागुन २९ / आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
नुवाकोटको ककनी गाउँपालिका-१ नयाँबस्तीकी ६५ वर्षिया कान्छी बलामीको हत्या गरेको आरोपमा ३३ वर्षीय भिमबहादुर बलामी पक्राउ परेका हुन्।
भीमबहादुरले घनले टाउकोमा हानेर आफ्नै आमाको हत्या गरेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार बलामीले आमाको हत्या गरी शव घरभित्र पत्करले छोपी राखेका थिए। प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। सेतोपाटीबाट साभार