मगन्तेको देश बनाउन लागे : राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन
मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित

बर्दिया, चैत १ (फरकसमाचार) / ठुला पार्टीले देशलाई मगन्ते देशको रुपमा परिणत गर्न खोजेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आरोप लगाएका छन् । एमसिसिलाई इङिगत गर्दै उनले कांग्रेस, एमाले, माओबादी पार्टीलाई उनले यस्तो बताएको हुन् । विगत ३१ बर्षमा एउटा त्यस्तो नेता वा पार्टी जन्मेन जसले बैदेशिक सहयोग नलिईकन देश बनाउन सक्छौ, हाम्रै पौरखले हाम्रो देश दुनियाको समृद बनाउन सक्छौ भनेर भन्न नसक्ने उनले आरोप लगाए । त्यस्तो राजनितिक दलको पछि लागेर देश नबन्ने राप्रपा पार्टीले सोमबार गुलरियामा गरेको आमसभामा उनले यस्तो बताएका हुन् ।

एमसिसिका पक्षधरहरुले यो देश बैदेशिक सहायताले नै चल्ने गरेको बताउने गरेको उनको भनाई थियो । सहयोग नलिए त यो देशै चल्दैन अमेरिकाले त्यत्रो ६० अरब सहयोग गरेको छ, यो पनि लिनु पर्छ, चिनसंग पनि ७० अरब माग्नु पर्छ, भारतलाई हामीले ८० अरब देउ भनेर माग्नु पर्छ ’ भनेर ठुला पार्टीलाई इङिगत गरे । यसरी राजनीतिका दलले देशलाई मगन्तेको देश बनाउने आरोप लगाए ।

आफुहरुले बैदेशिक सहायता नलिएर पनि देश बनाउन सक्ने उनको भनाई रह्यौ । अमेरिकाले दिएको सहनयताले अव धेरै बिजुली उत्पादन हुने र त्यो बिजुली नेपालमा नै खपत गर्नु पर्ने बताए । नेपालमा नै ठूला ठुला कलकारखाना खोलेर धेरैलाई रोजगारी दिने, डिजेल, पेट्रोल आयात नगरेर बिजुलीबाट चल्ने सवारी साधन चलाउने, ग्यास आयात नगरेर इलेक्ट्रिक चुलोलाई प्राथमिता दिएर नेपालको बिजुली नेपालमा नै खपत गर्न सक्ने उनको भनाई छ । यदि भारतलाई बिजुली बेच्नु पर्ने भए भारत आफैले ट्रान्समिसन लाईन बनाएर खरिद गर्नु पर्ने उनको भनाई छ ।

आम सभालाई सम्बोधन गर्ने क्रममा उनले शेर बहादुर देउवा, केपि शर्मा ओली र प्रचण्डलाई अव फेरि कति पटक प्रधानमन्त्री बनाए भने देश भन्ने भनेर प्रश्न गरेका छन् । कुनै पनि पार्टीसंग देश बनाउने एजेन्डा नरहेको राप्रपासंग मात्र देश बनाउने एजेण्डा रहेको लिङदेनको भनाई थियो । एक पटक बिश्वास गरेर आफ्नो पार्टीलाई भोट दिन उनले सर्वसाधारणलाई आग्रहसमेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर