बिहिबार, चैत ०३, २०७८
मा प्रकाशित
1393
Shares
दल बहादुर सुनार
बर्दिया, चैत ३ / भारतबाट भन्सार छली अबैध रुपमा नेपाल ल्याउदै गरेको कुखुरा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल फारवार्ड चेक पोस्ट फुटाहाबाट खटिएको गस्ती टोलिले बिहीबार बिहान अबैध बोइलर कुखुरा नियन्त्रणमा लिएको हो ।
चेक पोस्टका प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक पोशण बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोलिले दुई वटा साईकल सहित ३२ वटा कुखुरा नियन्त्रणमा लिन सफल भएको हो ।
सशस्त्र प्रहरीले बरामद गरेको अवैध कुखुरा स्थानीय जनप्रतिनिधि र समाजका अगुवाहरुको उपस्थितीमा नष्ट गरिएको सप्रनानि बस्नेतले जानकारी दिए ।