फाईल तस्विर
बर्दिया,(गेरुवा)८ चैत (फरकसमाचार) / विद्युत तार सर्ट भई आगलागी हुँदा गोठ र भान्सा पुर्ण रुपमा जलेर नष्ट भएको छ । गेरुवा गाउँपालिका– ६ सोनाहाफाँट गाउँका बिर बहादुर थापाको गोठ र भान्सा जलेर नष्ट भएको हो ।
घरमा कोही पनि नभएको अवस्थामा सोमबार दिउँसो ३ बजेतिर आगलागी भएको गेरुवा गाउँपालिका– ६ का वडा अध्यक्ष अमित खड्काले बताए । ‘घरमा कोही नभएको अवस्थामा आगलागी हुँदा गोठ र भान्सा कोठा जलेर नष्ठ भयो’ अध्यक्ष खड्काले भने,‘प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आयो ।’ प्रहरी र स्थानीयको सहयोगमा समयमै आगो नियन्त्रण हुँदा घरमा क्षेति हुन पाएन ।
आगलागी हुँदा रु १ लाख ६० हजार बराबरको क्षेति भएको अध्यक्ष खड्काले जानकारी दिए । आगलागीबाट खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएको छ ।