राजापुर भन्सार कार्यालय वार्षिक लक्ष्य नजिक
मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित

बर्दिया(गुलरिया), चैत ८ (फरकसमाचार) / सिमित स्रोत साधनको उपलब्धतामा गुलरिया छोटी भन्सार कार्यालय वार्षिक लक्ष्य नजिक पुगेको छ । सीमा नाकामा कडाई, अबैध समान बरामद र भन्सार गराउँन बाध्यकारी बनाएपछि राजापुर भन्सार कार्यालय बार्षिक लक्ष्य नजिक पुगेको हो । चालु आर्थिक वर्ष ०७८/०७९ को लक्ष्य पुरा गर्न राजापुर भन्सार कार्यालय तदारुकता देखाएको पाईएको छ ।

चालु आर्थिक वर्षमा भन्सार कार्यालयले रु २ करोड १० लाख ३३ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेको राजापुर भन्सार कार्यालयका सुचना अधिकारी रमेश प्रसाद सापकोटाले बताए । फागुन मसान्तको लक्ष्य १ करोड २४ लाख मध्ये भन्सारले ६७ प्रतिशत राजश्व असुली गर्न सफल भएको उनले जानकारी दिए । फागुन मसान्तसम्म भन्सार कार्यालयले विभिन्न किसिम मुद्दा धरौटी सदस्य र राजश्व गरी रु ८३ लाख २८ हजार ३ सय ९६ संकलन गरी सरकारको खातामा जम्मा गर्न सफल भएको बताए ।

‘भन्सार नगरेर चोरी पैठारी बढी हुन्छ’ सुचना अधिकारी सापकोटाले भने,‘व्यापारी वर्गमा भन्सार गरेर सामान आयात गर्नुपर्छ सचेतना प्रयाप्त छैन ।’ भन्सार छली गर्नु हुदैन । राज्यलाई कर तिरेर सामान ल्याउन सचेतना व्यापारीमा भए सरकारलाई बढी राजश्व आउने उनले विश्वास व्यक्त गरे । सामान आयात गर्दा सरकारलाई राजश्व तिर्नुपर्छ भन्ने सर्वसाधारणमा चेतना नभएको कारणले अवैध रुपमा सामान ल्याउने गरेको उनले खुलाए ।

गुलरियाको छोटी भन्सार कार्यालयबाट बढीमा एक लाख बराबरको सामान आयात गर्न सकिने प्रावधान रहेको उनले सुनाए । राष्ट्रिय निकुञ्जका कारण भारततर्फ भन्सार कार्यालय नभएको कारणले गुलरियाको छोटी भन्सार कार्यालयबाट बढी मुल्यको सामान आयात गर्न नसकिने सापकोटाको भनाई छ । भारतीय तर्फ भन्सार कार्यालय नहुँदा हाम्रो तालमेल नमिलेकोकारण चोरी पैठारीका कार्य भईरहेको उनको धारणा छ । यसलाई नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले सक्रिया देखाएको छ ।

‘सुरक्षा निकायले बरामद गरेको सामान चोरी पैठारी निकासी मुद्दामा भन्सार कार्यालयमा बुझाउछ’ उनले भने, ‘भन्सार कार्यालयले भन्सार ऐन अनुसार लिलाम प्रक्रियाबाट सामान बिक्री गरि राजश्व असुल गरी सरकारको खातामा जम्मा गर्छौ ।’ बरामद मालसामानको पुनः प्रयोग हुने गरी भन्सार कार्यालयले लिलाम प्रक्रियाका लागि सुचना प्रर्वाह गरिरहेको सुचना अधिकारी सापकोटाले दावी गरे ।

‘चोरी पैठारी निकासी मुद्दामा आएको सामान प्रक्रियाको टुङ्गो नलाग्दा लिलाम गर्न सकिदैन’ उनले भने,‘मुद्दा चलिरहेको अवस्थामा लिलाम प्रक्रिया अगाडि बढ्दैन, मुद्दा फैसला हुनसाथ लिलाम प्रक्रियाको कार्य बढाउने गरेका छौं ।’ पहिलो पटक १५ दिनको हकदावी र लिलामको सुचना निकाल्छौ यदि त्यस सुचनाबाट सामाग्री लिलाम हुन सकेन भने फेरी ७ दिनको सुचना निकाल्छौ र त्यसबाट पनि सामाग्री लिलाम भएन भने मुल्याकंन समितिले गर्छ । भन्सारमा रहेको मुल्याकंन समितिले सामाग्रीको मुल्य दर कायम गरी लिलाम प्रक्रियका अगाडि बढाउने गरेको सुचना अधिकारी सापकोटाले जानकारी दिए ।

भारतबाट अबैध रुपमा ल्याईएको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेको सामानमा बढी किराना र घरायसी प्रयोगमा आउने सामान बरामद गरेको देखिन्छ । खुल्ला सिमानाका कारण भारतबाट अबैध रुपमा सामान ल्याउने प्रवृति छ । अवैध रुपमा सामान निर्यात गर्नु हुदैन भन्ने उदेश्यले स्थानीय व्यापारी र सर्वसाधारणमा सचेतना अभियान चलाए सिमामा हुने चोरी पैठारी नियन्त्रण हुने स्थानीयले विश्वास लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर