बर्दिया,चैत ८ (फरकसमाचार) / मृत अवस्थामा पाटे बाघ सोमबार फेला परेको छ । मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक बनमा पाटे बाघ मृत अवस्थामा फेला परेको हो ।
जैविक खाता मार्गमा पर्ने बनमा सोमबार पाटे बाघ मृत अवस्थामा फेला परेको डिभिजन बन कार्यालय बर्दियाका सुचना अधिकारी द्रोणराज शर्माले जानकारी दिए ।
उनका अनुसार मृत अवस्थामा फेला परेको पाटे बाघको १ हप्ता अगाडि नै मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । फेला परेको बाघको दात खिइएकोले बुढो भएर प्राकृतिक रुपमा मृत्यु भएको हुन सक्ने प्राविधिकको अनुमान रहेको सुचना अधिकारी शर्माले जानकारी दिए । सो क्षेत्रमा पाटे बाघको धेरै चहल पहल हुने गर्दछ ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट अन्तर्राष्ट्रिय खाता करिडोर हुदै भारतको निकुञ्जतर्फ र भारतबाट बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ पाटे बाघको अवातजवात हुन्छ ।