बुधबार, चैत ०९, २०७८
मा प्रकाशित
1054
Shares
बझाङ, चैत ९ / बहिनी बलात्कार आरोपमा बझाङमा दाजु पक्राउ परेका छन्।
आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको हो। आइतबार बेलुकी घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको लोभ देखाएर बलात्कार भएको उजुरी आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकाले घटनाबारे बताएपछि सोमबार उनकी आमाले उजुरी दिएकी थिइन्।
अभियुक्तलाई पक्राउ गरिएको छ। बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ भने उनलाई सुरक्षित घरमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले आरोपीमाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको बताए। सेतोपाटीबाट साभार