गुलरिया (बर्दिया) चैत १२ (फरकसमाचार) / म्यादी प्रहरीमा भर्ति हुन सात हजार बढीले जिल्ला प्रहरी कार्यालय बर्दियामा आवेदन बुझाएका छन् । म्यादी प्रहरीमा भर्ना हुनको लागि आइतबार देखि शुक्रबारसम्म आवेदन बुझाउने समय अवधि तोकिएको थियो । स्थानीय तहको चुनाव सम्पन्न गर्ने उदेश्यले म्यादी प्रहरीको भर्ना खोलिएको हो ।
जिल्लामा स्थानीय तहको चुनाव शान्तिपुर्ण तवरले सम्पन्न गर्न १ हजार ५ सय ३९ जना म्यादी प्रहरीको भर्ना खोलिएको थियो । जसमा शुक्रबार साँझ ५ बजेसम्म ७ हजार २३ जनाले म्यादी प्रहरीको लागि आवेदन दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले जानकारी दिए ।
आइतबार सम्पर्क मिति तोकिएको छ । चैत १५ गतेदेखि चैत २२ गतेसम्म म्यादी प्रहरीको छनौट हुनेछ । छनौट भएका म्यादी प्रहरीलाई चैत २८ गतेदेखि तालिम दिने तयारी रहेको छ ।