आइतबार, असार १९, २०७९
मा प्रकाशित
1427
Shares
पटना, असार १९ / भारतको बिहारमा आइतबार बिहान गुडिरहेको एउटा रेलमा आगो लागेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार नेपालको सीमार्वती बजार रक्सौलबाट नर्कतियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आगो लागेको हो।
भेल्वा नजिकै पुगेका बेला इन्जिनमा लागेको आगो अन्य डिब्बाहरूमा भने फैलिन नपाएको र सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ। रेलको इन्जिनमा आगो कसरी लाग्यो भन्ने कारण खुलसकेको छैन। एजेन्सी