बच्चासहितको चितुवाले आक्रमण गर्दा ६ घाईते
आइतबार, मङि्सर ३०, २०८१ मा प्रकाशित

बर्दिया,मंसिर ३०(फरकसमाचार)/ बच्चासहितको चितुवाले आक्रमण गर्दा ६ जना घाईते भएका छन् । ठाकुरबाबा नगरपालिका–४ खैलार स्थित चितुवाले आक्रमण गर्दा शनिबार ६ जना घाईते भएका छन् ।

ठाकुरबाबा नगरपालिका–४ बबई सामुदायिक वनमा झाडी सफाई गर्न गएको बेला चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले बताए । ‘४ जना सामान्य घाईते भएका छन्,’अधिकृत चौधरीले भने,‘२ जना गम्भिर घाईते भएका छन् ।’ गम्भिर घाईते भएका ज्योति थारु र गणेश मल्ल ठकुरीको नेपालगंज भेरी अस्पतालमा उपचार भईरहेको छ ।

थारुको टाउको र घाँटीमा चोट छ भने ठकुरीको दायाँ हातमा चोट छ । अधिकृत चौधरीका अनुसार सामान्य घाईते सुदिप थारु, उमेश थापा, बिरु थारु र हरि लम्सालले ठाकुरबाबा नगर अस्पतालमा उपचार गराएर घर फर्किएका छन् ।

प्राविधिक सहयोगको लागि निकुञ्जको टोली घटना स्थलमा पुग्दा एउटा चितुवा र एउटा बच्चा फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सूर्य खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर