सडक पेटीमा सवारी साधन नराख्न गुलरिया नगरपालिकाको चेतावनी
आइतबार, पुष ०७, २०८१ मा प्रकाशित

बर्दिया,पौष १(फरकसमाचार)/ सडक क्षेत्राधिकार भित्र राखिएका सवारी साधनलगायत निर्माण सामाग्री हटाउन गुलरिया नगरपालिकाले सुचना मार्फत चेतावनी दिएको छ ।

सडक क्षेत्राधिकार भित्र राखिएका यातायातका साधनलगायत निर्माण सामाग्री बालुवा, गिट्टी, ईट्टा तीन दिन भित्र हटाउन चेतावनी दिदै गुलरिया नगरपालिकाले सोमबार सुचना जारी गरेको हो ।

सुचना प्रकाशन भएको दिन देखि तीन दिन भित्र सडक क्षेत्राधिकार भित्र राखिएका सवारी तथा दुवानीका साधनहरु र निर्माण सामाग्री नहटाए नियमानुसार कारवाही हुने नगरपालिकाले चेतावनी दिएको छ ।

सडक क्षेत्राधिकार भित्र यातायातका साधनहरु ट्रक, टिप्पर, बस, ट्याक्टर, साना गाडीलगायत निर्माण सामाग्री जथाभावी राख्दा दुर्घटनाका घटना हुने र शहरको सौन्दर्य समेतमा प्रतिकुल असर परिरहेको नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । आइतबार बर्दिया अस्पताल नजिक रोकि राखेको ट्याक्टर ट्रलीमा स्कुटर ठोक्किएर बाबुछोरीको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर