मन्त्री तिमिल्सिना र अध्यक्ष घिमिरे बिच शुभकामना साटासाट
आइतबार, पुष ०७, २०८१ मा प्रकाशित

बर्दिया,पौष २(फरकसमाचार)/ लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका नवनिर्बाचित अध्यक्ष निर्मल घिमिरे बिच शुभकामना साटासाट भएको छ ।

मन्त्री तिमिल्सिना र नवनिर्बाचित अध्यक्ष बिच मधुवन नगरपालिका–८ दुर्गापुर स्थित विद्यालय परिसरमा मंगलबार शुभकामना साटासाट भएको हो ।

नवनिर्बाचित अध्यक्षले मन्त्री तिमिल्सिनालाई टिका र खादा लगाएर सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । त्यसैगरि मन्त्री तिमिल्सिनाले पनि नवनिर्बाचित अध्यक्ष घिमिरेलाई टिका र खादा लगाएर सफल कार्यकालको शुभकामना दिएका थिए ।

श्री शिव दुर्गा माध्यमिक विद्यालयको ५६औं वार्षिक उत्सव कार्यक्रममा सरिक हुन आएका मन्त्री तिमिल्सिनालाई फरक समाचारको टिम शुभकामना दिन पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर