बर्दिया,पौष ४(फरकसमाचार)/ बाँसगढी नगरपालिकाका उत्कृष्ट उद्यमी व्यवसायीमाथि अज्ञात समुहले हमला गरेको छ । बाँसगढी नगरपालिकाका व्यवसायी नरबहादुर ओलीमाथि अज्ञात समुहले बिहीबार बिहान १० बजे सांघतिक हमला गरेको हो ।
व्यापारीक कार्यको सिलसिलामा भुरिगाउँ जादाँ ठाकुरबाबा नगरपालिका–१ स्थित बजारको मुख्य चोकमा चार/पाँच जनाको नकावधारी अज्ञात समुहले चोट पटक लाग्ने गरि सांघतिक हमला गर्नुको साथै साथमा रहेको नगद लुटेको बाँसगढी उद्योग वाणिज्य संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
व्यवसायीमाथि दिनदहाडै भएको लुटपाटको घटनाप्रति बाँसगढी उद्योग वाणिज्य संघ र एमाले जिल्ला कमिटी बर्दियाले घोर भत्सर्ना गर्दै दोषीलाई पत्ता लगाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गर्दै विज्ञप्ती जारी गरेको छ ।
ओली जिल्लाकै उत्कृष्ट व्यवसायी, बाँसगढी उद्योग वाणिज्य संघका सल्लाहकार एवम् नेपाल कम्युनिष्ट पार्टी(एमाले) जिल्ला कमिटी बर्दियाका सदस्यसमेत रहेको जारी विज्ञप्तीमा खुलाईएको छ । स्रोतका अनुसार घटनामा संलग्न व्यक्तिको नजिक नजिक प्रहरी पुगिसकेको छ ।