मेनका चौधरी
बर्दिया,पौष ७/ राजपत्र सम्पादन तथा प्रकाशन सम्वन्धी स्थानीय स्तरका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक मामीला तथा कानुन मन्त्रालय लुम्विनी प्रदेशको आयोजना शुक्रबार गुलरियामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सरकारी सुचना अध्यादेश परिपत्र २००८ राजपत्रको ऐतिहासीक पृष्ठभुमी विस २०१०, २०१२, २०१५, १०१७, २०४७, २०५७, २०६३, २०६४, २०७२, २०७४ सम्मको ईतिहास हाल संघिय शासन प्रणाली २०७४ नेपालको संविधान वारे आन्तरीक मामीला तथा कानुन मन्त्रालय लम्विनी प्रदेशको सचिव रेखा कडेलले सैद्धान्तीक प्रशिक्षण दिएकी थिईन् ।
राजपत्र प्रकाशन सम्वन्धी कानुनी व्यवस्था भागमा १ ऐन अध्यादेश, भाग २ मानियम आदेश पत्र अधिकारपत्र, भाग ३ कार्यन्वय नियुक्ती आदेश अन्र्तगतका वा राजपत्रको कार्यन्वयन गर्न स्थानीय राजपत्र संघको प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्वन्ध ऐन २०७७ को दफा १२ अनुसार रहेको कडेलले बताए।
राजपत्र सम्वन्धीअतिरिक्त समस्या परिशिष्तांक समस्याभने अझै रहेको सभिव कडेलले बताए । राजपत्र सम्पादन र राजपत्र सम्पादन प्रक्रिया स्थानीय तहको राजपत्र प्रकाशन नगर्नु नै कानुनी समस्या रहेको सचिव कडेलको भनाई थियो ।
सो कार्यक्रममा राजपत्र सम्पादन तथा प्रकाशन लिखितजवाफ सम्वन्धी प्रस्तुुती सैद्धान्तीक जानकारी प्रदेश सभा सचिवालय लुम्विनी प्रदेश उपसचिव (कानुन) ईश्वरी प्रसाद आचार्यले दिएका थिए ।
सो कार्यक्रममा बर्दिया जिल्ला समन्वय समीतिका सभापती सुर्य वहादुर विष्टले व्यानर वाचन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । राजपत्र सम्पादन तथा प्रकासन सम्वन्धी प्रयोगात्मक अभ्यास कानुन अधिकृत अस्मिता अर्यालले गराएकी थिईन् । कार्यक्रममा जिल्ला समन्वय समीतिकी उपसभापती अमिता कुमारी यादवलगायत बर्दियाका आठै वटा स्थानीय तहको न्याय समीतिका सदस्य, सुचना अधिकारी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।