सोमबार, पुष ०८, २०८१
मा प्रकाशित
1090
Shares
बर्दिया,पौष ८(फरकसमाचार)/ लागु औषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–६ लाली बजारका ३७ वर्षिय मेहदी हसन अन्सारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
गत भदौ २४ गते अदालतले अन्सारीलाई लागु औषध ब्राउन सुगर मुद्दामा ९ महिना १० दिन कैद सजाय र रु ५ हजार जरिवाना तोकेको थियो । अदालतले सजाय तोकेदेखि अन्सारी फरार रहेका थिए ।
अन्सारी लुकीछिपी आफ्नै घरमा बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई कैद सजाय भुक्तान गराउन अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।