दलबहादुर सुनार
बर्दिया,पौष ८/ कालिका बचत तथा ऋण सहकारी संस्था लि. बढैयातालले ३७ लाख ३४ हजार बढी नाफा गर्न सफल भएको छ । कालिका बचत तथा ऋण सहकारी संस्था लि.ले आब. ०८०/०८१ मा ८ करोड ३६ लाख ५६ हजार ७ सय ८८ रुपैया ८६ पैसाको कारोवारबाट ३७ लाख ३४ हजार २ सय ५८ रुपैया २३ पैसा नाफा गर्न सफल भएको हो ।
संस्थाको २३ औं साधरण सभामा प्रस्तुत गरेको लेखा प्रतिबेदन अनुसार शेयर पुंजीमा १ करोड १७ लाख ६० हजार ४ सय, बचत तर्फ ४ करोड ९७ लाख ८२ हजार १ सय १० रुपैया ५१ पैसा र ऋण तर्फ लगानीमा ६ करोड ६८ लाख ७८ हजार ८ सय ८७ रुपैया ३१ पैसा रहेको जनाएको छ ।
सदस्यहरुको आर्थिक र साजिक स्तर अभिबृद्धि गरी समुन्नत समाजको विकास गर्ने लक्ष्य राखी स्थानिय युवाहरुको पहलमा २०५६ सालमा स्थापना भएको सहकारीमा हाल २५४ पुरुष र २८२ जना महिला गरि ५३६ जना शेयर सदस्य रहेको सहकारीको २३ औ साधरण सभाले २५ वटा महत्वकांक्षी योजना पास गरेको सस्थाका ब्यबस्थापक दिपेन्द्र गैरैले जानकारी दिए ।
संस्थाका अध्यक्ष मधुसुदन पौडेलको अध्यक्षतामा तथा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा भएको साधरण सभाले अधिकतम बाल बचत तर्फ अदविका राना दैनिक वचत तर्फ गणेश प्रसाद भट्टराई , ऐच्छिक बचत तर्फ लक्ष्मीदेबि बस्नेत र उत्कृष्ठ ऋण तर्फ श्रीप्रसाद पौडेल लाई पुस्कार र प्रमाण पत्र वाट सम्मान गरेको सस्थाले जनाएको छ ।
सस्थाको २३औ साधरण सभामा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, वडा नम्बर ८ का वडाध्यक्ष तेजनाथ पौडेल, सहकारी संजाल बढैयातालका अध्यक्ष बिष्णु प्रसाद लम्साल, बोडर विकास बहुउद्देश्य सहकारीका अध्यक्ष टुकराज घिमिरे, ज्योती वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उद्धब न्यौपाने, दिपलगन महिला विकास बहुउद्देयीय सहकारी संस्थाकी अध्यक्ष पबित्रा अर्याल, मिलन कृष्क बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष शोभादेवी अधिकारी, संकल्प महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्षल न्याम कुमारी बस्नेत, संस्थाका पुर्व अध्यक्ष, सस्थाका सल्लाहकार लगाएतको उपस्तिथी रहेकोे थियो ।