ज्ञानेन्द्र पोखरेल
बर्दिया,पौष ८/ बढैयाताल गाउँपालिका–६ मा रहेको मैनापोखर सानाकिसान कृषि सहकारी संस्थाको २२औं साधारणसभा सम्पन्न भएको छ । संस्थाले ७० बर्ष पूरा गरेका शेयर सदस्यका सन्तति एसईईमा उत्कृष्ट हुने र तरकारी उत्पादक किसानलाई सम्मान गर्दै आईतबार साधारणसभा सम्पन्न गरेको हो ।
२०५९ सालमा मैनापोखर सानकिसान कृषि सहकारीको नामबाट कार्य सुरुवात गरेको यस सहकारीमा कुल शेयर सदस्य १९ सय ७५ जना रहेका छन् । जसमा महिला सदस्य संख्या १ हजार ५ सय ६ जना र पुरुष सदस्य ४ सय ११ जना रहेका छन् ।
हालसम्म शेयर पुजी ३ करोड ६३ लाख ५३ हजार, निक्षेप १६ करोड ६ लाख र लगानीमा रहेको रकम ५० करोड ४३ लाख ७७ हजार रहेको प्रस्तुतीकरण गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरि जगेडा कोष ४ करोड ८८ लाख ७८ हजार, कुल आन्तरिक स्रोत २५ करोड ७८ लाख २४ हजार र असुली दर ९५ प्रतिशत रहेको प्रतिवेदनमा खुलाईएको छ ।
सानाकिसान सहकारी संस्थाको प्रगति प्रतिवेदन र आगामी बर्षको कार्ययोजना यस सहकारी संस्थाका अध्यक्ष बिष्णु प्रसाद लम्सालले प्रस्तुुत गरेका थिए ।
साधारण सभा लुम्बिनी प्रदेश सभाका सदस्य भुबनेस्वर चौधरी, बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, साना किसान बिकास बैंकका नायव महाप्रबन्धक झलेन्द्र भट्टराई, कृषि केन्द्रिय सहकारी संघका उपाध्यक्ष पुर्ण शर्मा, साना किसान बित्तिय लघुबित्तका संचालक सदस्य सुकदेब न्यौपाने, जनप्रतिनिधि र सहकारीका शेयर सदस्यहरूको उपस्थिति रहेको थियोे ।