स्वर्ण स्तम्भको सिलन्यास गर्दै विद्या ज्योतिले मनायो स्वर्ण महोत्सब
शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया,पौष १९ / विद्या ज्योति नमुना माध्यामिक विद्यालयको स्वर्ण स्तम्भको सिलन्यास गर्दै स्वर्ण महोत्सब मनाएको छ । स्थापना भएको ५०औं वर्षको अवसरमा स्वर्ण स्तम्भको शिलन्यास तथा पुरस्कार वितरण गरेर विद्याललयले बिहीबार स्वर्ण महोत्सब मनाएको हो ।

निकै उत्साह र उमङ्गका साथ भएको महोत्सबको समारोहमा विद्यालयका प्रधानाध्यापक भक्तिसार रेग्मीले आर्थिक वर्ष २०८०/२०८१ को २ करोड ५७ लाख ४७ हजार ८९२ रुपैया ५६ पैसाको आय ब्यय प्रस्तुत गरे । प्रधानाध्यापक रेग्मीले नर्सरी देखि देखि १२ कक्षा सञ्चालन भएको नमुना विद्यालयमा ८ सय भन्दा धेरै विद्यार्थी अध्ययनरत भएको बिद्यालयको ऐतिहासिक पृष्ठभुमि देखि शैक्षिक गुणस्तरका लागि गरिएका राम्रा अभ्यासहरुको जानकारी गराए ।

प्रधानाध्यापक रेग्मीले आ.ब. २०८१/०८२ मा गरिने प्रस्तावित कार्यक्रमको बारेमा जानकारी गराउदै ०८१ फाल्गुण भित्र स्मारिका प्रकाशन, विद्यालय स्थापना देखि हाल सम्मको अभिलेखहरु अध्यावधिक गर्ने, ०८२ भित्र स्वर्ण महोत्सबको सन्दर्भमा अन्तर विद्यालय खेलकुद प्रतियोगिताको आयोजना गर्ने, ०८२ असोज भित्र विद्यार्थीद्धारा शैक्षिक सामाग्री प्रदर्शनी, ०८२ कार्तिक भित्र फुट फेस्टिवल आयोजना, चेतनामुलक कार्यक्रम, विद्यार्थी पहिचान कार्यक्रम, ०८२ पौष १७ गते सम्म स्वर्ण महोत्सब सप्ताह अन्तर्गत आत्रिक खेलकुद प्रतियोगिता, अभिभाबक कार्यक्रम, पुर्व विद्यार्थी र शिक्षक मिलन कार्यक्रम, पूर्व समिति, पदाधिकारी पुर्नमिलन एवं सुझाब संकलन, विद्यालयको आर्थिक, शैक्षिक र ब्यबस्थापकिय क्षेत्रमा योगदान गर्नुहुने महानुभाबहरुलाई सम्मान लगाएतका प्रस्ताबित कार्यक्रम प्रस्तुत गरेका थिए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बसन्त बहादुर सिंह ठकुरीको अध्यक्षतामा तथा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको अध्यक्षतामा भएको स्वर्ण महोत्सब समारोहमा विद्यालयका पुर्व बिद्यार्थी बिश्वराज पौडेलले स्वर्ण स्तम्भ निमार्णमा लाग्ने सम्पुर्ण खर्चको ब्यबस्था गर्ने प्रतिवद्धता जनाए ।

यसै गरि उद्योग बाणिज्य संघ गुलरियाका अध्यक्ष तथा विद्यालयका पुर्व विद्यार्थी देबेन्द्र पाण्डेले आफ्ना स्वर्गिय पिता केशव पाण्डेयको सम्झनामा सरस्वतिको मुर्ति निमार्ण गरिदिने प्रतिवद्धता व्यक्त गरेको विद्यालयले जनाएको छ ।
बिद्यालयका पुर्व विद्यार्थी राम बहादुर केसी स्वर्गिय पुर्व विद्यार्थी रोशन रिजाल, स्वर्गिय विष्णुहरी पराजुली र स्वर्गिय विष्णुजित सुनारको स्मृतिमा स्थापना गरिएको अक्षयकोषबाट जेहन्दार ४० जना छात्र छात्रालाई रु १ हजार देखि ३ हजारसम्म छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ ।

बि.स. २०३२ सालमा स्थापना भएको नमुना बिद्यालयले शैक्षिक गुणस्तर बढाउनका लागि पालिका स्तरिय ८ कक्षाको परिक्षा र एस. ई.ई मा ए प्लस ल्याउने बिद्यार्थीहरु लाई पुस्कृत समेत गरिएको थियो । अंगे्रजी, नेपाली र लेखा बिषयका शिक्षकले आफ्नो बिषयमा ए प्लस ल्याउने बिद्यार्थी प्रति बिद्यार्थी रु एक हजार परस्कार स्वरुप प्रदान गरेका थिए ।

बिद्यालयका छात्राहरुले साँस्कृतिक नृत्य प्रस्तुत गरि कार्यक्रमलाई रोचक बनाएको उक्त कार्यक्रममा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, ८ नं.वडाका अध्यक्ष तेजनाथ पौडेल, वडा सदस्यहरु, शिक्षा प्रेमि, अभिभाबक, पुर्वविद्यार्थी, विद्यालयका पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक, शिक्षक तथा बिद्यार्थिहरुको उपस्थिति रहेको थियो । बिद्यालयका सहायक प्रधानाध्यापक पुष्पराज पौडेलले स्वागत तथा बिद्यालयका शिक्षक कृष्ण बहादुर रानाभाट र कृष्ण सुबेदीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर