दीपक शर्मा
बर्दिया,पौष २४/ बारबर्दिया नगरपालिकाको १६औं नगर सभा तथा हिउदे अधिवेशन आईतबार सम्पन्न भएको छ । सभामा चालु आर्थिक वर्षको आय व्यय विवरण, लक्ष्य प्राप्ति र आगामी योजना प्रस्तुत गरिएको छ ।
नगर प्रमुख छबिलाल थारुले सभामा विभिन्न प्रस्ताबहरु प्रस्तुत गर्दै नगरका नितिनियमहरु सभाबाट पास गरेका छन् । प्रमुख वडघरलाई मासिक रु ५ सयको रिचार्ज खर्च दिने, कर्मचारीहरुलाई नास्ता वापत मासिक रु १ हजार भत्ता दिने, कार्यपालिका बैंठक भत्ता कटौती गर्ने लगाएतका प्रस्ताब सभाले पारित गरेको छ ।
चालु आर्थिक वर्षको वार्षिक लक्ष्य अनुसार हालसम्म रु १ करोड १३ लाख ४३ हजार १ सय राजस्व संकलन गरिएको छ, जुन वार्षिक लक्ष्यको ४४.८८ हो । नदीजन्य पदार्थको बिक्रीबाट प्राप्त हुने आय बाहेक नगरपालिकाले अन्य श्रोतहरूबाट उल्लेख्य प्रगति गरेको छ ।
आय र खर्चको अवस्थालाई हेर्दा हालसम्म कुल जम्मा आय वार्षिक लक्ष्यको ४२.६०५ पुगेको छ । खर्चतर्फ चालु तर्फको खर्च २९.१६५ र पुँजीगत खर्च १२।७९५ गरी कुल खर्च २२।७१५ रहेको छ । सभामा नगरपालिकाले आगामी योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विकास र सेवा प्रवाहलाई थप पारदर्शी र नतिजा मुखी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । नगर सभामा जनप्रतिनिधि, कार्यपालिका सदस्य कर्मचारी र पत्रकारहरूको उपस्थिति रहेको थियो ।