बुधबार, पुष २४, २०८१
मा प्रकाशित
1718
Shares
काठमाडौँ,पौष २४ / सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छन् ।
बुधबार बयानका लागि कोइराला उच्च अदालत विराटनगरमा उपस्थित भएकी हुन् । उनी अदालतमा हाजिर भएसँगै कोइरालाको थुनछेक बहस सुरू हुने तयारी छ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा उनीसहित २५ जनाविरुद्ध उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिइन्।नागरिकन्युजबाट साभार